बर्दियाको सीमावर्ती क्षेत्रमा हात्ती आतङ्क

बाँके । बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दा किसान समस्यामा परेका छन् ।
राजापुर नगरपालिकाको दक्षिणी वडाहरू वडा नम्बर ७, ९ र १० का दुर्गानगर, दीपनगर, सङ्करपुर, कर्मोहनी लगायतका गाउँमा जङ्गली हात्तीको आतङ्क बढेको किसानहरूको गुनासो छ ।
हात्तीले वर्षे धान र हिउँदे वाली गहुँमा क्षति गर्ने गरेको शंकरपुरका वडघर ओम प्रकाश यादवले बताउनु भयो । किसानले दुःखका साथ खेती गर्ने गर्दा हरेक वर्ष उत्पादन लागत बढ्दै गए पनि जङ्गली जनावरको बिगबिगीले बाली भित्र्याउन पाउने हो कि नपाउने भन्ने चिन्ताले सताउने गरेको वडघर किसान यादवको भनाई छ ।
वडा नम्बर ७ कै किसान हरिराम बुढाले जङ्गली जनावरले सीमावर्ती क्षेत्रमा धनजनमै क्षति पुर्याउने गरेको गुनासो गर्नु भयो । दीर्घकालीन समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो ।
वडा नम्बर ९ का वडाध्यक्ष विष्णु प्रसाद थारुले विगतमा भन्दा क्षतिको राहत रकम निकै कम हुने गरेको, सीमा क्षेत्रमा विद्युतीय तारबार मात्रै लगाएर नहुने, नियमित करेन्ट प्रवाह गर्नु पर्ने र प्रदेश तथा केन्द्र सरकारको प्राथमिकतामा परेपछि मात्रै दीर्घकालीन समस्या समाधान हुने धारणा बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्