राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेश गर्नुभएको हो ।
बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेश गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्