तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महासमिति बैठकको बन्दसत्रमा प्रतिवेदनहरु पेश हुँदै

काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुरु भएको छ ।
बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुँदैछन् । बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव र समसामयिक राजनीतिक प्रस्ताव पेस हुने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यस्तै, बैठकमा पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्ने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकमा पेस भएका प्रस्ताव महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् ।हिजो देखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।
महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button