तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठकः मन्त्री ज्वालाको राजीनामा माग

काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखिएको भन्दै पदबाट हटाउन माग गर्नु भएको छ ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई व्यक्तिको मृत्यु भएको घटनामा मन्त्री ज्वाला दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष आएको भन्दै मन्त्री ज्वालालाई पदबाट हटाउन उहाँहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो
बैठकको शुन्य समयमा सांसदहरुले विभिन्न क्षेत्रको पूर्वाधार विकास, राजनीति लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले विभिन्न ठाउँमा सडकको विस्तार तथा निर्माण, पुलको निर्माण लगायतका स्रोतको अभावमा काम पुरा हुन नसकिरहेको, सिँचाइका विभिन्न आयोजना बन्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका मन्त्री पदमा बसिरहेको, भ्रष्टाचारका घटनाका दोषीलाई कारवाही गर्नुे विषय निश्कर्ष पुग्न नसेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले चिनसँग जोडिएका उत्तरी नाकाहरु लामो समय खुल्न नसक्दा जनजीवन कष्टकर बनिरहेको, सरकारले जनताका चाहना पुरा गर्नेतर्फ ध्यान दिन नसकरिरहेको लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button