इलामको माईमा पुरुष मृत फेला
इलाम । इलामको माई नगरपालिकामा एक व्यक्ति मृत भेटिएका छन् । घरबाट बाँस काट्न गएका माई–८, दुङदुगेका ३९ वर्षे श्याम राई घरनजिकै माइखोलामा मृत भेटिएका हुन् ।
मृतककी पत्नी सुनिता खाजा लिएर जाँदा श्यामलाई खोलामा घोप्टो परेर मृत अवस्थामा फेला पारेकी थिइन् ।
बाँस काटेर खोलाको किनारमा राखेर उनले लगाएको सर्ट धुँदैगरेको र घोप्टो परेर पानीमा लडेको अवस्थामा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । उनका श्रीमती र एक चार वर्षकी छोरी छन् ।
उनको शव पोस्टमार्टमका लागि झापा भद्रपुरस्थित मेची अस्पताल लगिएको छ ।








प्रतिक्रिया राख्नुहोस्