तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममामा आज विगत वर्षभन्दा शान्तिपूर्ण रुपमा सरस्वतीको मूर्ति विसर्जन

जनकपुरधाम । सरस्वतीको मूर्ति विसर्जनमा कडाइ गरेसँगै जनकपुरधाममामा आज विगत वर्षभन्दा शान्तिपूर्ण रुपमा मूर्ति सेलाइएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरी मूर्ति सेलाउने क्रममा कसैले मादक पदार्थ सेवन गरेर होहल्ला वा कुटाकुट गरेको खण्डमा कडा कारबाही गर्ने चेतावनी दिएको थियो । प्रशासनले कडाइ गरेसँगै यस बर्ष यहाँ मूर्ति सेलाउने क्रममा ठूलो स्वरमा डिजे बजाउने तथा रक्सी सेवन गरेर होहल्ला गर्ने जस्ता कार्य केही मात्रामा भएपनि कमी आएको छ । मूर्ति सेलाउने क्रम आज अबेर साँझसम्म चल्नेछ । 

त्यसैगरी, बसन्तपञ्चमीदेखि मिथिलामा अबिर खेल्ने चलन रहेकाले सरस्वतीको मूर्ति सेलाउने क्रममा विद्यार्थीहरूले एक अर्कालाई अबिर दलेर खुसीयाली साटासाट गरेका छन् ।

त्यस्तै, सरस्वती पूजाका दिन नियम विपरीत मोटरसाइकल चलाउने एक सय मोटरसाइकल प्रहरीले बुधबार नियन्त्रणमा लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डले जानकारी दिनुभयो । विगत वर्ष जस्तो सरस्वती पूजाका दिन कुनै प्रकारको अप्रिय घटना नभएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button