‘राजनीतिक दलहरू आफ्ना स्पष्ट एजेण्डा लिएर मतदातामा जानुपर्छ’
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनमा राजनीतिक दलबाट मात्रै उम्मेदवार हुनुपर्छ भन्ने पक्षमा आयोग नरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा प्रमुख आयुक्त थपलियाले सार्वभौम मतदातालाई चाहेको उम्मेदवारलाई मतदान गर्ने अधिकार भएकाले दलको माथिल्लो निकायले दिएको टिकटमा मात्रै नभई मतदाताले रुचाएका व्यक्ति स्थानीय तहबाटै उम्मेदवार हुन सक्ने व्यवस्था गर्न सकिने बताउनुभयो ।

निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद बिक्री हुन्छ भन्नु गलत भएको भन्दै प्रमुख आयुक्त थपलियाले लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलहरूले आफ्ना स्पष्ट एजेण्डा लिएर मतदातामा जानुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले राष्ट्रपति निर्वाचनका अघिल्लो नजिरलाई बेवास्ता गरिनु गलत भएको भन्दै निर्वाचन प्रणालीमा सुधार गरी कम खर्चिलो र सहज बनाउन सुझाव दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्