काँग्रेस नेता मोहम्मद आलमविरुद्धको मुद्दामा साक्षी झिकाइ बकपत्र गराउन आदेश
काठमाडौँ ।रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाइ बकपत्र गराउन आदेश गरेको छ ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गैरीशंकर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग रिपोर्ट बुझ्ने र साझी झिकाइ बकपत्र गराउन आदेश दिएको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो ।
यति दिन भित्र भनि आदेशमा नभनिएको भएपनि पुरानो मुद्दा भएकाले अब हुने सुनुवाइ अन्तिम हुने र उक्त सुनुवाइ छिटै हुने स्रेस्तेदार ढोडारीले जानकारी दिनुभयो ।
विसं. २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै रहदै आउनु भएको छ ।मुद्दामा आलमसहित ११ जना प्रतिवादी छन् ।







प्रतिक्रिया राख्नुहोस्