सप्तरी कारागारमा एक कैदीको मृत्यु
सप्तरी I सप्तरी जिल्ला कारागार राजविराजमा एक जना कैदीको मृत्यु भएको छ ।
आज बिहान कैदी देवेन्द्र मण्डल झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।
जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका हनुमाननगर कंकालिनी नगरपालिका ६ का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार बिहान मृत भेटिएका हुन् ।
कारागारको शौचालयमा गम्छाको पासो लगाइ झुन्डिएको अवस्थामा मण्डल फेला परेको सप्तरी प्रहरीले जनाएका छ । जबरजस्ती करणी मुद्दामा उनी २०८० भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागार चलान भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्