सुशील कोइराला मेमोरियल अण्डर–१९ महिला क्रिकेट प्रतियोगिता सुरु

नेपालगन्ज । बाँकेको कोहलपुरमा आजदेखि सुशील कोइराला मेमोरियल अण्डर–१९ महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
संविधानसभा सदस्य अमरसिंह पुनले प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।
कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा विजेतालाई १ लाख नगद र ट्रफी तथा उपविजेतालाई ५० हजार नगद र ट्रफी पाउनेछ ।

फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता छ । प्रतियोगितामा बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित आयोजक कोहलपुर मेयर ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन खेलमा कोहलपुर मेयर११ र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।प्रतियोगिताका खेलहरू प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्