रोल्पाको गाम र स्युरीमा पहिलोपटक बत्ती बल्यो

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ को गाम र वडा नम्बर ४ को स्युरी गाउँ पहिलोपटक बिजुली बत्ती बलेको छ ।
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय विद्युत् प्रशारण विस्तार लाइन मार्फत रोल्पा वितरण केन्द्रले रोल्पा जिल्लाकै अति बिकट मानिने गाम र स्युरी गाउँमा विद्युत् विस्तार गरि बत्ती बालेको हो ।
ती गाउँमा बत्ती बाल्नको लागि नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल, तार सङ्गै ६ थान ट्रान्सफर्मर जडान गरेको छ विद्युत् विस्तार भएपछि त्यस गाउँका करिब १२ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् भने विद्युत् विस्तार हुनुपूर्व दियालो, टुकी र सोलार प्यानलबाट रातिको समयमा उज्यालो बनाई गाउँलेहरू दैनिक चलाउँदै आएका थिए ।
प्रतिनिधि सभा सदस्य एवम् पूर्व ऊर्जा जलश्रोत तथा सिचाइ मन्त्री समेत रहनुभएका वर्षमान पुनले ट्रान्सफर्मरको मेन स्विच अन गरि बत्ती बालेर बिधिवतरूपमा उद्घाटन गर्नुभएको हो ।
गाम र स्युरीमा विद्युत् विस्तार भए सङ्गै हाल सम्म रोल्पा जिल्ला भरी करिब ८० प्रतिशत विद्युतिकरण भएको रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्