तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा अन्डर १९ महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता हुँदै

बाँके । बाँकेको कोहलपुरको क्रिकेट मैदानमा यही माघ २७ गतेदेखि फाल्गुन ३ गतेसम्म सुशील कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितिको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आर्चायले प्रतियोगिता महिला क्रिकेटको लागी कोसेढुंगा साबित हुने बताउनुभयो।

क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एल बी क्षेत्रीले कोहलपुरमा यो प्रतियोगिताले महिला क्रिकेट खेलाडीको लागी पुनर्जन्म दिएको बताउनुभयो ।

यू–१९ राष्ट्रिय महिला क्रिकेटमा बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित आयोजक कोहलपुर ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

देशभरिका पाँच प्रदेशका ५ वटा टिमहरूबिच ११ वटा खेल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख र द्धितिय हुनेलाई ५० हजारसहित ट्रफिको समेत व्यवस्था गरिएको छ । विभिन्न जिल्लाबाट आउने खेलाडीहरूको आवास र खानपिनको व्यवस्था आयोजकले गर्ने बताइएको छ ।

प्रतियोगिताका खेलहरू कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button