तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिको साथ नागरिकको सुखदुःखमा हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधिको साथ आम नागरिकको सुख दुःखमा हुनुपर्ने बताउनुभएको छ ।

विराटनगर महानगरपालिका–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा उहाँले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरु गरिसकेको भन्नुहुँदै मुख्यमन्त्री कार्कीले आर्थिक अभावमा प्रदेशका कुनै नागरिकको मृत्यु हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले विराटनगरमा देखिएको खानेपानीको समस्या समाधानका लागि ५ अर्बको योजना सम्झौता भइसकेको र आउँदो आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button