तपाईँ सुन्दै हुनुहुन्छः

न्यून स्तरको खाद्य पदार्थ उत्पादन गर्ने १७ वटा उद्योग उपर मुद्दा दायर

विराटनगर । खाद्य प्रयोगशाला गुण नियन्त्रण कार्यालय विराटनगरले  दूषित तथा न्युन स्तरको खाद्य पदार्थ उत्पादन गरि बिक्री वितरण गर्ने  १७ वटा उद्योग उपर मुद्दा दायर गरेको छ ।

सो कार्यालयले  ६ महिना यता मोरङ जिल्लाका १७ वटा उद्योग उपर जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरेको हो  ।

अनुगमको क्रममा त्यस्ता उद्योगले दूषित खाद्य पदार्थ उत्पादन गरि बजारमा बिक्री वितरण गरेको पाइएकाले कारबाहीका लागि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले बताउनुभयो । 

मुद्दा दायर भएका उद्योगहरूमा चामल उद्योग, चिया उद्योग, फुड उत्पादन उद्योग मसला उद्योग, तेल उत्पादन उद्योग, खानेपानी उद्योग, प्याकेजिङ उद्योग तथा दुग्ध उद्योगहरू रहेको उहाँले बताउनुभयो । बजार अनुगमनको क्रममा तथा उपभोक्ताबाट आएको उजुरीका आधारमा ती उद्योगहरूले न्युन स्तरको खाद्य पदार्थ बिक्री गरेको पाइएको थियो ।

सो कार्यालयले ६ महिना यता २६ सय खाद्य तथा दाना पदार्थको नमुना परिक्षण गरेको जनाएको छ । विराटनगरको खाद्य तथा दाना प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेकाले सो प्रयोगशालाबाट प्राप्त रिर्पोट विश्वसनीय रहेको जनाइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button