संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दलको भएको बताउनुभएको छ ।
आज पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखिको उपलब्धिलाई खेलबाड गर्नुहुँदैन ।” उहाँले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताउनुभयो ।
उहाँले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्