तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीमा भाइरल ज्वरो र रुघाखोकी देखिन थालेपछि विद्यालय बन्द 

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकामा भाइरल ज्वरो र रुघाखोकी देखिन थालेपछि यहाँका विद्यालय बन्द गरिएको छ ।

सुरुमा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा देखिएको भाइरल ज्वरो र रुघाखोकी अरू विद्यालयका बालबालिकामा समेत देखिन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। 

माझपाटा आधारभूत विद्यालयका प्रधानाध्यापक दानबहादुर धामीका अनुसार भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित हुन थालेकाले जोखिम फैलिन नदिन विद्यालयहरू बन्द गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरिएकाले स्थिति नियन्त्रणमा नआएसम्म नखुल्ने   जानकारी दिनुभयो। भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने तयारी भइरहेको अध्यक्ष रोकायाले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button