तपाईँ सुन्दै हुनुहुन्छः

विकास निमार्णको कामलाई गुणस्तरीय बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इन्जिनियरहरूले गुणस्तरीय काम मार्फत राष्ट्र र जनताको मुहार फेर्नुपर्ने बताउनुभएको छ ।

नेपाल इन्जिनियर एशोसिएशन कोशी प्रदेशद्वारा विराटनगर–१० मा निर्मित तीन तल्ले भवनको उद्घाटन गर्नुहुँदै उहाँले विकास निमार्णको कामलाई गुणस्तरीय बनाउँदै जनतालाई खुसी बनाउन इन्जिनियरहरुलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले प्रदेशमा वातावरण र तुइनविहीन मैत्री कार्य शुरु गरेकोले इन्जिनियरिङ कलेजहरूले यसमा आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास निर्माण कार्य गुणस्तरीय र समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

एसोसिएसनका प्रदेश अध्यक्ष जयनाथ यादव, उपाध्यक्ष सुरेशकुमार श्रेष्ठ र वरिष्ठ इन्जिनियर भरत न्यौपानेले विकासको आयामलाई समाजको तल्लो स्तरसम्म पुर्‍याउने गरि आफूहरूले काम गरिरहेको बताउनुभयो ।

त्यस अवसरमा मुख्यमन्त्री कार्कीले एशोसिएशनका पूर्व अध्यक्षहरूलाई प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।

एक कट्ठा १० धुर जग्गामा ७६ लाख रुपैयाँको लागतमा सो भवन निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button