तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा अहिलेसम्म ४१ प्रतिशत मत खस्यो 

दाङ । लुम्बिनी प्रदेश अन्तरगत दुई सिटका लागि आज भइरहेको  राष्ट्रिय सभा निर्वाचनमा अहिलेसम्म  ४१ प्रतिशत मत खसेको छ । दाङको घोराही स्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

अहिलेसम्म प्रदेशसभातर्फ ८७ मत मध्ये ३४ र स्थानीय तह तर्फ २१८ मत मध्ये ९४ मत खसेको छ ।  लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन सय ५ जना मतदाता रहेका छन् । अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरी दुई सिटका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

गठबन्धनका तर्फबाट महिला कोटामा नेपाली काङ्ग्रेसकी विष्णुदेवी सापकोटा एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट माओवादीका झक्कु सुवेदी , एमालेबाट झपेन्द्र बहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गोविन्द चौधरिले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button