तपाईँ सुन्दै हुनुहुन्छः

कृषि अनुसन्धान केन्द्रमा आगलागी हुँदा ६२ वटा बाख्रा मरे

बाँके ।बाँकेको जानकीमा रहेको कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरेका छन् ।विद्युत् सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो ।

आज बिहान तीन बजे आगलागी हुँदा ६२ वटा बाख्रा मरेको हो । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा थिए । त्यसमध्येमा २८ वटा ठूला र ३४ वटा पाठापाठीको मृत्यु भएको छ । २१ वटा बाख्रालाई उद्धार गरिएको छ ।

स्थानीयवासी र त्यहाँका कर्मचारीले बिहान ६ बजे आगो निभाएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरी डिएसपी नारायण डाँगीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button