तपाईँ सुन्दै हुनुहुन्छः

खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या 

इलाम । इलामको माई नगरपालिका वडा नं. का दिलकुमार राईले आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेका हुन् । 

बेलुका ७ बजे घर झगडाका क्रममा ३६ वर्षीय दिलकुमारले छोरा जीवनको पेटमा खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज बिहान३ः२० बजे उनको मृत्यु भएको हो । 

कक्षा ११ मा अध्ययन गर्ने जीवन दिलकुमारका एक्लो छोरा थिए । घटनापछि हिजो बेलुका नै स्थानीयले पक्राउ गरी दिलकुमारलाई प्रहरीको जिम्मा लगाएको छन् । घटनाको जानकारी हुनासाथ प्रहरी चौकी महमाईबाट प्रहरी टोली खटिएर खुकुरी प्रहार गर्ने दिलकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button