तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एस : राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा ३ नेतालाई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष सहित ३ जना नेतालाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button