दृष्टिविहीन कल्से: गीत गाएरै पाल्छन आफ्नो पाँच जनाको परिवार
मुगु । हातमा लौरी अनुहारमा कालो चस्मा लगाउने कल्से नेपाली मुगु जिल्लाका जन्मजात दृष्टिबिहिन हुन । उनी दैनिक जसो कहिले आफन्तको सहारा त कहिले एक्लै सदरमुकाम गमगढी बजार डुल्छन् । उनी डुल्ने एउटै उद्देश्य हो । कतै सार्वजनिक कार्यक्रम भए गीत गाउने । गीत गाइसके पछि कसैले अलि आर्थिक सहयोग गर्ने गर्दछन् । त्यही केही उठेको पैसाले कोठामा आफ्नो चुलो बल्छ कल्सेले भने, दिनभर डुलेर कतै कार्यक्रम नभएको दिन रित्तै कोठा फर्कनु परेको छ उनले सुनाए ।
पहिले पहिले माया गरेर सबैले सहयोग गर्दथे । अहिले त कमैले हेर्छन् । कोठामा चामल, दाल तरकारी , नुन तेल जुटाउन पनि गारो भैसकेको कल्सेले गुनासो गर्नु भयो । जन्मजात दुइटै आँखा नभएका नेपाली लाई हाल कोठा भाडा तिर्न समेत मुस्किल भएको छ अहिले सम्मको कोठा भाडा चालीस, पचास हजार पुगिसक्यो कसरी तिर्ने हो घरबेटीले पैसा मागेका मागेछन् के गर्ने होला कतै कोठा पाए उतै सर्ने उनी भन्छन् । उमेरले ५८ वसन्त पार गरेका नेपाली का ३ वटा छोरी सहित ५ जनाको परिवार छ ।
मैले सन्सार कस्तो छ भन्ने अनुभूति नगरे पनि तीन ओटै छोरीलाई स्कुलमा पढाएर राम्रो शिक्षा दिएर सन्सार देखाउन पाए आफ्नो ठुलो सपना पूरा हुने छ उनी भन्छन् । रातदिन आफ्नो चिन्ता भन्दा छोरीकै बढी लाग्छ । खतेड गाउँपालिका वडा नं ३ रोल घर भएका दृष्टिबिहिन नेपालीको गीत नसुनेका प्राय कमै होलान्, उनको भने आफ्नो क श्रेणीको अपाङ्ग भएकाले नेपाल सरकार बाट खतेड गाउँपालिका मार्फत रू ४ हजार र छायाँनाथ रारा नगरपालिका बाट रू १५ सय पाउँदै आएका छन् । केही अवसरका लागि भएपनि आफु गमगढी बसेको सोह्र बर्ष पूरा भएको छ ।
यो संसार कस्तो छ भन्ने खुल्दुली भन्दा ३ वटी छोरी कसैले पढाउने जिम्मा लिदिएको भए मलाई सन्सार देखे जस्तो त्यही हुने थियो कल्सेको भनाई छ । हेरन्डेक नामक गैर सरकारी संस्थाले हरेक महिना केही मात्रामा चामल, दाल , तेल नुन सहयोग गर्दै आएको कल्सेको भनाइ छ । यतिले नपुगे पछि अहिले कल्से नेपाली लाई पाँच जनाको परिवार पाल्न धौधौ परेको छ । जिल्लामा आर्थिक मन्दी भइरहेका बेला कल्से नेपाली आफूलाई सहयोग गर्ने हातहरू पनि घट्दै गएको गुनासो ब्यक्त गर्नु भयो ।









प्रतिक्रिया राख्नुहोस्