तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत विराटनगर, धनकुटा इजलासले गर्‍यो ४९.८० प्रतिशत मुद्दा फर्छ्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष २०८०/०८१ को पहिलो ५ महिनामा १ सय ३२ थान मुद्दा फर्छ्यौट गरेको छ । 

अदालतले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर साउनदेखि मङ्सिर मसान्तसम्ममा २ सय ६३ थान मुद्दा मध्ये १ सय ३२ थान फर्छ्यौट गरेको जनाएको हो ।

अदालतमा जिम्मेवारी सरेको १ सय ३२, नयाँ दर्ता गरी २ सय ६३ मुद्दा दर्ता भएको अदालतले जनाएको छ। अदालतमा ५ महिनामा ४९ दशमलव ८० प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतका रजिष्टार राजकुमार दाहालले जानकारी दिनुभयो । यस्तै अदालतमा १८ महिना नाघेका ३ मुद्दा बाँकी रहेको उहाँले बताउनुभयो । 

यता उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि चालु आर्थिक वर्षको ५ महिनामा उल्लेख्य रूपमा मुद्दा फर्छ्यौट गरेका छन् । जसअनुसार धनकुटा जिल्ला अदालतले ३९ दशमलव ४३, तेह्रथुम जिल्ला अदालतले ३४ दशमलव ७६, भोजपुर जिल्ला अदालतले ४४ दशमलव ८६ र सङ्खुवासभा जिल्ला अदालतले ५० दशमलव १८ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् । 

धनकुटा जिल्ला अदालतले ३ सय ८८ मा १ सय ५३, तेह्रथुम जिल्ला अदालतले २ सय १० मा ७३, भोजपुर जिल्ला अदालतले ३ सय ७६ मा १ सय ६४ र सङ्खुवासभा जिल्ला अदालतले २ सय ७५ मा १ सय ३८ थान मुद्दा फर्छ्यौट गरेका छन् ।

यस्तै, धनकुटा जिल्ला अदालतमा १ सय ९९, तेह्रथुम जिल्ला अदालतमा ९९, भोजपुर जिल्ला अदालतमा २ सय २१ र सङ्खुवासभा जिल्ला अदालतमा १ सय ३८ थान मुद्दा जिम्मेवारी सरेका छन् । यस्तै १८ महिना नाघेका धनकुटा जिल्ला अदालतमा १६, भोजपुर जिल्ला अदालतमा ३४ र सङ्खुवासभा जिल्ला अदालतमा ६ थान मुद्दा रहेका छन् भने तेह्रथुम जिल्ला अदालतमा १८ महिना नाघेका मुद्दा नभएको रजिष्टार दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button