बाल सुधार गृहका समस्या र समाधानका विषयमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा नेपालमा बाल सुधार गृहका समस्या र समाधानका विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित समितिको बैठकमा सांसदहरुले बाल सुधार गृहमा बालबालिकालाई खान, बस्न, शिक्षा र स्वास्थ्यमा हुने समस्याको बेलैमा सम्बोधन गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
सांसदहरुले बाल सुधार गृहमा कानुनले अपराध मानेका कार्य गरेका १८ वर्षमुनिका बालबालिका राख्ने भएकाले उनीहरुलाई शिक्षा र मनोपरामर्शको खाँचो हुने बताउनुभयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता इन्दु घिमिरेले नेपालमा ९ वटा बाल सुधार गृह रहेको र थप एउटा बन्दै गरेको जानकारी दिनुहुँदै ३ वटा बाल सुधार गृहमा माध्यमिक तहसम्म पढाई हुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्