तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटको पहाडी क्षेत्र संसारकोट जोड्ने पहुँच मार्ग बिस्तार हुँदै

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० देखि पहाडी क्षेत्र जोड्ने पक्की सडक निर्माणको काम अघि बढेको छ ।मुलत बहुबर्षिय योजना अन्तर्गत यो सडकलाई गण्डकी प्रदेशको दुम्किबास सँग जोड्ने बैकल्पिकमार्ग (फास्ट ट्रयाक)को रुपमा दीर्घकालीन योजना रहेको छ।

तत्काललाई बर्दघाट नगरपालिका वडा नम्बर १० को सिमसार देखि वडा नम्बर २ को पहाडी क्षेत्र सन्सारकोट जोड्ने लक्ष्य अनुरुप अहिलेलाई बजेट ले समेट्न सक्ने आमबास जोड्ने गरि झन्डै ४ किलोमिटर पक्की सडक निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।पूर्वपश्चिम राजमार्गसँग जोडिने यो बाटो निर्माणका लागि ५ करोडको टेन्डर आह्वान गरिएकोमा सुर्के निर्माण सेवाले तिनकरोड ६२ लाख ४३ हजारमा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ ।झण्डै १४ किलोमिटरमा बिनयी त्रिवेणिको दुम्किबास जोड्ने यो सडकलाई दाउन्नेको वैकल्पिक मार्गको रुपमा पनि लिइएको छ ।

तत्कालीन नगरप्रमुख धिरज शर्मा बस्यालको कार्यकालमा ट्र्याक बिस्तार गरिएको भएपनी बजेट अभावमा यो क्षेत्र निकै पछाडि परेको छ ।”हामीले दाउन्नेको अवस्था देखेर नै यसको वैकल्पिक मार्गको रुपमा ट्र्याक खोल्ने जमर्को गरेका थियौ ।संघ र प्रदेश सरकारको ध्यान पुग्न नसक्दा नगरको मात्रै बजेटले सम्भव रहेन” पूर्व नगरप्रमुख बस्यालले भन्नु भयो ।तिनै तहका सरकारले चासो दिएमा सन्सारकोट आन्तरिक र बाह्य पर्यटकका लागि समेत उत्कृष्ट गन्तव्य बन्न सक्ने शर्माले बताउनु भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर २ पहाडी क्षेत्र भएकाले भौतिक पूर्वाधारका हिसाबले बिकट रहेको छ ।यहाँका जनप्रतिनिधिहरूले पहाडी क्षेत्रका नागरिकलाई सडक मार्गको पहुँचसँग जोड्नका लागि सडक निर्माण कार्य अघि बढाइएको छ ।सन्सारकोट आम्बास पटुके क्षेत्र ग्रामीण पर्यटकीय क्षेत्रको ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले यो सडकलाई पर्यटकीय मार्गको रुपमा बिकास गर्ने गरी बर्दघाट नगरपालिकाको पहलमा सडक निर्माण हुन लागेको हो ।

बिधुतिकरण समेत नभएको सो क्षेत्रमा नगरपालिकाले अघिल्लो बर्ष सोलार वितरण गरेको थियो भने केन्द्र सरकारको झण्डै ५ करोड लागतका बिधुतिकरण को काम भएको छ ।अहिले त्यहाँका ८ वटा गाउँका बासिन्दा बिधुतको पहुँचमा रहेका छन् ।यो सडक बनेपछि नागरिकलाई नगरपालिका आउजाउ गर्न मात्रै होइन कृषिको समेत सम्भावना बोकेको सन्सारकोट क्षेत्रका उत्पादनलाई बजारीकरणका लागि समेत सहज हुने विश्वास लिइएको छ ।

नागरिकलाई सडक सञ्जालको पहुँचमा पुर्‍याउने मात्र नभै कालान्तरमा यो सडकलाई पर्यटकीय मार्गको रुपमा बिस्तार गर्ने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।बर्दघाटको सिमसार अमरदिप टोल हुँदै अहिलेलाई आम्बास सम्मै कालोपत्रेका लागि निर्माणको काम अघि बढेको वडा नम्बर २ का अध्यक्ष गणेश क्षेत्रीले बताउनु भयो ।

“बर्दघाट नगरपालिकाका १६ वटा मध्ये त्यो क्षेत्र बिकट रहेकाले नै त्यसको दीर्घकालीन सम्भाव्यता अध्ययन गरी त्यहाँको विकासका लागि पहिलो खुड्किलो सडकसन्जाल नै भएकाले अहिले तीव्र रुपमा निर्माणको काम अघि बढेको छ”नगरप्रमुख श्रेष्ठले भन्नु भयो ।यो सडककालागी हामीले पटक पटक पहल गर्‍यौ बल्ल बजेट पर्न सफल भएको छ आशा गरौँ हाम्रै कार्यकालमा सन्सारकोट सम्मै बाटो बिस्तार हुनेछ”नगरप्रमुख श्रेष्ठको भनाई छ।

कृषि पर्यटनको अपार सम्भावना समेत रहेको यो मौरी पालन क्षेत्रको रुपमा बिकास गर्ने योजनामा नगरपालिका रहेको नगर उपप्रमुख रुद्रप्रकास उपाध्यायले बताउनु भयो ।कृषि पर्यटन पूर्वाधार सँगै अहिले टुरिजम क्षेत्र बनाउने नगरको योजना रहेको उपाध्यायले बताउनु भयो ।दीर्घकालीन रुपमा सन्सारकोट सम्मै जोड्ने योजना अनुरुओअ अहिलेलाई आमबास सम्म जोड्ने गरि काम भइरहेको उपाध्यायले बताउनु भयो ।

असार मसान्त सम्म सो सडक निर्माणको काम सम्पन्न गर्ने सुर्के निर्माण सेवाका सञ्चालक कमल थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button