तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा निकै सुधार भइरहेको छ : मन्त्री बस्नेत

धनगढी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अहिले स्वास्थ्य क्षेत्रमा निकै सुधार भइरहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि कार्यदल बनाएर काम अघि बढिरहेको बताउनुभयो ।

नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कसैले पनि पैसाको अभावमा औषधी उपचार नपाएर मृत्युबरण गर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमै मेडिकल शिक्षा अध्ययनको वातावरण सृजना गरेर विदेश जाने ठुलो धनराशी देशमै राख्न सकिने बताउनु भयो ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री बस्नेतले गेटामा पहिलो चरणमा सय शय्याको अस्पताललाई सबलीकरण बनाउँदै ३ सय शय्या क्षमताको अस्पताल विस्तार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गेटा अस्पताल स्रोत साधन र जनशक्तिले भरिपूर्ण भएपछि विश्वविद्यालयतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले डडेल्धुरा अस्पताललाई तीन सय शय्याको अस्पताल बनाउने प्रक्रिया शुरु भएकाले चाडै एमबिबिएसको पढाइ शुरु हुने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button