अबको मिसन रोजगारी, शिक्षा र स्वास्थ्य : महामन्त्री थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको प्रमुख मुद्दा रोजगारी भएको बताउनुभएको छ ।
भक्तपुरमा आज आयोजित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को सम्मेलनमा महामन्त्री थापाले अबको मिसन रोजगारी, शिक्षा र स्वास्थ्य हुनुपर्ने बताउनुभयो ।
रोजगारी नपाउँदाका कारण बालकुमारीको दुखद घटना हुन पुगेको उल्लेख गर्नुहुँदै उहाँले कांग्रेस नभए देश समस्यामा पर्ने बताउनुभयो ।
काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन भन्नुहुँदै महामन्त्री थापाले सरकारमा गएका मन्त्रीहरूले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने बताउनुभयो ।
उहाँले कांग्रेस सबैभन्दा ठूलो राजनीतिक र सामाजिक सङ्गठन भएपनि पार्टीभित्रकै असमझदारीले ठाउँ ठाउँमा पराजय ब्यहोरेको बताउनुभयो । “नेपाली कांग्रेस एकजुट भएर लाग्ने हो भने पार्टीलाई देशको ठूलो शक्तिका रुपमा निरन्तर स्थापित गर्न कुनै समस्या नै छैन”, उहाँले भन्नुभयो ।
उहाँले आसन्न महासमितिको बैठकबाट पार्टीका अव्यवस्थाहरूलाई संशोधन गरेर व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्