तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा एक पुरुषको हत्या,हत्या आरोपमा दुई जना पक्राउ

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो ।

केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटा र गँदारीको जङ्गलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।  मृतक शिवराज केसी यही पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनी हिँडेको र सोही दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

केसीको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका ४ गदारी निवासी ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय  दाङका एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । उनीहरूलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button