तपाईँ सुन्दै हुनुहुन्छः

पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै छन् : अध्यक्ष ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै रहेको बताउनुभएको छ ।

कालिका नगरपालिकाको भिमोदय नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले पाठ्यक्रमसँगै बाह्य विषयमा ज्ञान हासिल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोर्स साँघुरो अध्ययन मात्रै होइन, कोर्समा अध्ययन गरेर विशिष्टता हासिल गर्नुपर्‍यो, कोर्स विद्यालयका किताबमा हुन्छ, त्योभन्दा बाहिर सिक्ने कुरा धेरै छन् ।”

कोर्स बाहिर बुझ्ने धेरै कुरा भएको उल्लेख गर्दै उहाँले सिक्ने र अपनाउने समेत धेरै कुरा रहेको बताउनुभयो । परिवार र समाजका लागि एउटा दृष्टान्त नागरिकका रुपमा यहाँका विद्यार्थीहरू आउनुपर्ने उहाँले बताउनुभयो ।

विद्यार्थीलाई पहिले नै फेल भनेर हतोत्साहित गर्न नहुने उहाँको सुझाव थियो । रोजगारी खोज्ने नभई उद्यमशीलता विकास गरेपछि अरूलाई रोजगारी दिन सकिने उहाँले बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले विद्यालयको स्वर्णद्धार, स्वर्ण स्तम्भ र स्वर्ण स्मारिका अनावरण गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय स्तरबाट सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button