जेष्ठ नागरिकलाई राज्यबाट दिइने सेवाहरू थप बिस्तार र गुणस्तरीय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतीहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक रहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्नुहुँदै उहाँले सरकार एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न निरन्तर लागिपरेको बताउनुभएको छ ।
उहाँले ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू थप बिस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन भएको छ ।
हेर्नुहोस् प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ :








प्रतिक्रिया राख्नुहोस्