तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको पत्रकारिता सुधारको बाटोमा छ : सभापति देउवा

कास्की । नेपालको पत्रकारिता सुधारको बाटोमा रहेको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बताउनु भएको छ । नेपाल पत्रकार महासघं कास्की शाखाद्वारा सञ्चालित कृति स्मृति वृत्ति सम्मान अपरण समारोहमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले नेपालको पत्रकारिता बिस्तारै सुधारको बाटो हिँडिरहेको बताउनु भयो ।

उहाँले आफु बेलायतमा अध्ययन गर्दाको व्याड न्युज इज गुड को स्मरण समेत गर्नु भयो । उहाँले बेलायतको सञ्चार माध्यमलाई कार्यक्रममा बोलाउँदाको रोचक किस्सा रहेको बताउनु भयो । देशको पत्रकारिता होस् चाहे देश होस्  त्यो सुधारको बाटोमा रहेको बताउनु भयो । पत्रकारितामा रचनात्मक आलोचना गर्नु पर्नै तर्फ जोड दिनु भयो ।

पूर्वसांसद तथा उद्योगपति स्व  सूर्यबहादुर केसीका परिवारबाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई प्रदान गरिएको छ । कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट पत्रकार डा सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित हुनुभएको हो ।

नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासङ्घका पूर्वअध्यक्ष आचार्य २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोला सम्मानित हुनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button