तपाईँ सुन्दै हुनुहुन्छः

निर्देशक पदबाट डा पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले डा सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

मन्त्रालयले गत मङ्सिर १४ गते डा पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध डा पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button