सरकार र नेकपाबिच भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न मोर्चाको आग्रह
काठमाडौँ । समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबिच भएको तीन बुँदे सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गर्नुभएको छ ।
मोर्चाले जिल्ला अदालत काठमाडौँबाट केही दिनअघि नेकपाका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मा लगायत नेताविरुद्ध भएको पक्राउ पुर्जीका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र चन्द नेतृत्वको नेकपा आबद्ध छन् ।







प्रतिक्रिया राख्नुहोस्