तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिने

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एवं अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस आयोजना मुल समारोह समितिका संयोजक केवलप्रसाद भण्डारीले दिवसका अवसरमा मन्त्रालयले निबन्ध प्रतियोगिता प्रभातफेरी लगायतका सचेतनामूलक कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

सचिव भण्डारीले मर्यादित श्रमसहितको सुरक्षित रोजगारी आजको आवश्यकता भएको भन्दै आप्रवासी श्रमिकहरूको सीप, क्षमता र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सचिव भण्डारीले सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कानुनी, संरचनागत र छुट्टै इकाई समेत बनाएर काम गरिरहेको भन्दै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू स्वयं सचेत भएको खण्डमा अहिले देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button