धनुषामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाकाे भएको छ ।
जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल आज बिहान करिब ३ः०० बजेको समयमा लक्ष्मीनिया गाउँपालिका वडा नंं ४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरमा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका वडा नंं ८ का वर्ष २५ को भरत सहनी र विदेह नगरपालिका वडा नंं १ का वर्ष ३० को जयकुमार सहनी रहेका छन् ।
तीन जना सवार सोही मोटरसाइकलमा रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं १२ का सत्रुधन सहनी गम्भीर घाइते छन् । घाइते सहनीको उपचार हुन नसकेपछि थप उपचारको लागि हवाई जहाजबाट काठमाडौँस्थिते न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्