तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीद्वारा देउसी भैलोबाट सङ्कलित रकम भूकम्प पीडितलाई सहयोग 

लहान । जाजरकोट भूकम्प पीडितका लागि लहानका बालबालिकाहरूले आर्थिक सहयोग गरेका छन् । देउसी भैलोबाट सङ्कलित रकमबाट उनीहरूले २१ हजार ४ सय १५ रुपैयाँ सहयोग गरेका हुन् । 

सिटी ग्लोबल पब्लिक स्कुल लहान–१ मा अध्ययनरत विद्यार्थीहरूले आज ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेललाई नेपाल बैङ्क शाखा कार्यालय लहान मार्फत भूकम्प प्रभावित राहत कोषको खातामा बुझाएको रकम सहितको भौचर हस्तान्तरण गरेको स्कुलका प्रिन्सिपल विरेन्द्र कुमार चौधरीले बताउनुभयो । नेपाल सरकारले भूकम्प पीडितलाई सहयोग गर्न सवैमा आह्वान गरेको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button