तपाईँ सुन्दै हुनुहुन्छः

मिसन ८४ नेपाली जनताको हो– एमाले अध्यक्ष ओली 

भोजपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको सरकारलाई जवरजस्तीरुपमा हटाईएकाे कारण मुलुकको विकासको गति ओरालो लागेको बताउनु भएको छ । 

उहाँले समृद्ध नेपाल, सुखी नेपालीका लागि मिसन ८४ भनिएको बताउँदै अध्यक्ष ओलीले यो अभियानको एमालेले प्रतिनिधित्व गरे पनि त्यो नेपाली र जनताको मिसन भएको उहाँले बताउनुभयो । नेपाली काँग्रेसका नेताहरूले समेत ८४ सम्म जान नसकिने बताउँदै आएकाले अहिलेको सरकार सो अवधिसम्म नटिक्ने ओलीले बताउनुभयो । यो सरकार आफ्नै अयोग्यताले नटिक्ने बताउँदै अध्यक्ष ओलीले देशभक्त, विकासप्रेमी, सुशासन, भेदभाव र पक्षपात नगर्ने सरकार मुलुकका लागि  आवश्यक रहेको बताउनुभयो । 

समृद्धिको लागि सङ्कल्प यात्रा अन्तर्गत भोजपुरबाट फर्कनेक्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष ओलीले साढे तीन वर्षको अवस्थामा एमालेले असाधारण विकास गरेको बताउनुभयो । एमालेले मात्र देशको विकास गर्ने दाबी गर्दै ओलीले विकासका लागि चिन्ता नगर्न सबैलाई आग्रह गर्नुभयो । 

गत मङ्सिर १४ गतेबाट सुरु सङ्कल्प यात्राका क्रममा बुधवार भोजपुर आई पुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी हुँदै बिहीबार धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button