तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा नेपाल भारत सिमास्तम्भ मर्मत

बाँके । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहामा नेपाल-भारत सीमा छुटाउने सीमा स्तम्भको रङरोगन सुरु गरिएको छ ।

नेपाल-भारत ८३ किमी बर्दियासँग जोडिएको २ सय ४५ सीमा स्तम्भमध्ये ३९ वटाको रंगरोगन र मर्मत नेपाली पक्षबाट गरिने भएको छ । नेपालले बिजोर र भारतले जोर नम्बरको स्तम्भको रङरोगन र मर्मत सम्भार गर्ने भएको छ ।

रङरोगन शुभारम्भ प्रमुख जिल्ला अधिकारी नारायण रिसाल र भारत नानपारा ५९ नम्बर बटालियनका कमान्डेन्ट शक्ति सिंहले स्तम्भ नम्बर ६६३/५१ को रङरोगन गरी संयुक्तरुपमा गरेका हुन् । दुई दशकयता नेपाल-भारत छुटाउने मुख्य ५ सहित सहायक र सानो गरी ७२ वटा स्तम्भ फेला नपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ रिसालले सन् २०१४ मा निर्माण भएका सीमा स्तम्भको मर्मत सम्भार र रङरोगन गर्न लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button