ग्रामीण क्षेत्रलाई लघु उद्यमका रुपमा बिकास गर्नुपर्छ :मुख्यमन्त्री चौधरी
नवलपरासी पश्चिम् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको छ ।मुलत ग्रामीण क्षेत्रका उत्पादनको पहिचान गरि गाउँलाई लघु उद्यमका रुपमा बिकास गरिनु पर्नेमा मुख्यमन्त्री चौधरीको जोड रहेको थियो ।
“हामीले सधैँ ठुला उद्योगका मात्र कुरा गर्यौ तर आफ्नै उत्पादनलाई चिन्न सकिरहेका छैनौ,अब बजारमा गाउँका उत्पादन आउनुपर्छ,साना साना लघु उद्यमले मात्र स्थानीय तहमा आर्थिक समृद्धि ल्याउन सक्छ,हामीले के सहयोग गर्नु पर्छ हामी तयार छौ तीन तहका सरकार र निजी क्षेत्र हातेमालो गर्न तयार हुनुपर्छ “चौधरीले भन्नू भयो ।पश्चिम् नवलपरासीको सुनवलमा तेस्रो सुनवल महोत्सवको उद्घाटन गर्दे मन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।
पहाडमा उत्पादित सामाग्रीलाई नाका सम्म ल्याउनका लागि पर्यटकीय स्थलमाग्रको विकासमा जोड दिन सके मात्र आर्थिक समृद्धिको बाटोमा हिँड्न सकिने उहाँले बताउनु भयो ।लुम्बिनी प्रदेश सरकारले वार्षिक २ लाख युवालाई रोजगारी दिने गरि सोही अनुरूपका योजनाहरूमा प्रदेश सरकार लागि रहेको मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो ।
बुद्ध सर्किटलाई जोड्ने गरी पर्यटन प्रवर्द्धनका लागि समेत लगानीका लागि विश्व बैङ्क र एसियाली बिकासबैङ्क सँग निरन्तर छलफल गरि ठूलो लगानीको योजना बनाएको चौधरीले उल्लेख गर्नु भयो ।
लुम्बिनीमा थुप्रै विदेशी लगानीकर्ताहरूले लगानी गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि जगाको व्यवस्थापनको काम भइरहेको बताउँदै निजी क्षेत्र र सरोकारवाला सँग संवाद गरी वातावरण तयार गरिने चौधरीले बताउनु भयो ।
पर्यटन प्रवर्द्धन,उद्योगको बिकास र रोजगारी तिनवटा प्रदेश सरकारका मूलभूत उद्देश्य रहेको मुख्यमन्त्री चौधरीले बताउनु भयो ।विश्वभरिका पर्यटकहरूलाई लुम्बिनीमा भित्राई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनको वातावरण तयार गर्न प्रदेश सरकार अघि बढेको चौधरीको भनाई थियो ।
महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले स्थानीय स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवहरूले स्थानीय कला संस्कृतिको पहिचानलाई प्रवर्द्धन गर्न भूमिका खेल्नु पर्नेमा जोड दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्