पर्यटकीयस्थल पुनहिलमा घोडा सयर गरेर रमाउँदै पर्यटक

म्याग्दी । म्याग्दीको प्रमुख पर्यटकीस्थल पुनहिलमा हिमाल र सूर्योदयको दृश्यमा रमाउन पुगेका पर्यटक घोडा सयर गरेर रमाउने गर्छन् । पृष्ठभूमिमा हिमाल पारेर घोडा चढेर फोटो खिच्ने, भ्यूपोईन्ट वरिपरि घुमेर रमाउने गर्छन् ।
अन्नपूर्ण गाउँपालिका– ६ अवस्थित पुनहिलबाट देखिने प्रकृतिको दृश्यसँगै रमाउने पर्यटक घोडा चढेर थप आनन्द लिने गर्छन् । तीन हजार दुईसय मिटर उचाइमा रहेको पुनहिलमा पुग्न घोडेपानीबाट स्वदेशी तथा विदेशी पर्यटक घोडा चढेर पुग्ने गर्छन् ।

यहाँ दिनको दुई सय देखि तीनसय सम्म पर्यटक घुम्न पुग्छन् । यहाँबाट धौलागिरि, निलगिरी, अन्नपूर्ण लगायतका हिमालहरू, सूर्योदयको दृश्य नजिकबाट नियाल्न पर्यटकले पाउँछन् ।
घोडाचढीको अनुभव लिन र रमाइलोका लागि पनि यहाँ आएका पर्यटकहरू घोडा चढ्ने गरेको घोडापानीका घोडा पालक उषन पुनले बताउनुभयो। घोडेपानीबाट पुनहिलसम्म चिसोको कारणले हिँड्न नसक्नेलाई लक्षित गरेर ४ वटा घोडा पालेको जानकारी दिनुभयो ।

यस क्षेत्रमा पर्यटकको आकर्षणमा घोडा सयर पनि रहेको छ । यहाँ अन्यले पनि पर्यटकलाई लक्षित गरेर घोडा पालन गरेका छन् ।










प्रतिक्रिया राख्नुहोस्