धनकुटामा पर्यटकीय क्षेत्रको अध्ययन

धनकुटा । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय गन्तव्यको पहिचान गरि प्रवद्र्धन गर्ने योजना सहित पर्यटनकर्मीको टोली धनकुटा पुगेको छ । टोलीले कोशी राजमार्गको भेडेटार, मूलघाट, धनकुटा, हिले, जोरपाटी, सिंधुवा र चित्रे बजार आसपासका क्षेत्रमा पर्यटकीय शृङ्खलामा पर्ने प्राकृतिक, धार्मिक–सांस्कृतिक र ऐतिहासिक क्षेत्रहरूको अध्ययन सुरु गरेको छ ।
एक साताको अध्ययनका क्रममा टोली प्रादेशिक सङ्ग्रहालय, आठपहरिया जातिको धार्मिक–सांस्कृतिक विशेषता, सूर्योदयका लागि प्रख्यात ध्वजे डाँडा र पटके क्षेत्र, हिले, नमस्ते झरना, तल्लो र माथिल्लो कोप्चे, सान्ताङ–टेकुनाला पदमार्गको एकीकृत पर्यटन प्याकेज तयार पार्ने धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताउनु भयो ।
धनकुटा नगरपालिका, सामुदायिक होमस्टे प्रवद्र्धक, वातावरणविद् र पर्यटनकर्मीले बस्ती आसपासमा सुक्दै गएका पानीका भूमिगत स्रोतको अवस्था र पानी पुनर्भरणको सम्भावनाबारे अध्ययन गरी प्रतिवेदन तयार पार्ने पर्यटनकर्मी अनु लामाले बताउनु भयो । उहाँले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने बताउनु भयो। देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइड लगायत टोलीमा सहभागी छन् ।








प्रतिक्रिया राख्नुहोस्