प्रदेश स्वास्थ्य मन्त्रालयमा विद्युत् काटाैति , दैनिक काम काजमा समस्या
दाङ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको विद्युत् कटौती गर्दा दैनिक काममा समस्या भएको छ।
नेपाल विद्युत् प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत् लाइन कटौती गरेपछि मन्त्रालय विद्युत् विहीन हुँदा दैनिक काम्नमा समस्या भएको मन्त्रालयले बताएको छ।
स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् कनेक्सन काटिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ।
कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महसुल दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी छ।
सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालय जिम्मेवारी नभएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् कटौती गर्नुपरेको रावतले बताउनुभयो ।
‘बुटवल कार्यालयबाट पटक पटक पत्राचार भए अनुसार हामीले यहाँबाट मन्त्रालयको विद्युत् काट्नुपर्यो’, रावतले भन्नू भयाे ।
यहाँ मन्त्रालयको नाममा जडान भएको विद्युतको एक रुपैयाँ पनि बाँकी बक्यौता छैन। बुटवलको रकम नतिर्दा यहाँबाट बिजुली काट्नुपर्यकाे हाे रावतले भन्नू भयाे ।
राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयमा मङ्सिर ५ गते विद्युत् काटिएको हो। हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाज प्रभावित छ। बुटवल स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा गैरसरकारी संस्थाको कार्यालय रहेका छन्।
यता स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले बिना जानकारी बिजुली काटिएको बताउनु भयाे ।
‘पत्र पठाएको २४ घण्टाभित्र बिजुली काटियो। पैसा नतिर्ने भन्ने हुन्न । महसुल भुक्तानीको लागि काम हुँदै छ’, डाक्टर शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्