तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्छ : महामन्त्री शर्मा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसबाट विजयी स्थानीय तहका जनप्रतिनिधिले जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन मोरङद्वारा आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले स्थानीय निकायका कांग्रेसका तीन सय ३२ प्रमुखले सङ्गठित रुपमा जनताको कार्य गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

पार्टीका केन्द्रीय सदस्य त्रय डा डिला सङ्ग्रौला, सरिता प्रसाईँ र भीम पराजुलीले लोकतन्त्रको जग स्थानीय तह भएकोले जनप्रतिनिधिलाई कानुनी अड्चनका विषयमा जानकारी दिनुपर्ने सुझाव दिनुभयो ।

कोशी प्रदेशसभा सदस्य हिमाल कार्की, कांग्रेसका मोरङ उपसभापति भक्ति माझी, गुरु घिमिरे, वरिष्ठ अधिवक्ता भरतबहादुर थापा, समूहका मोरङ अध्यक्ष डिल्लीप्रसाद दाहाल, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, केन्द्रीय उपाध्यक्ष कविता बस्नेतले स्थानीय तहको कानुन समस्या समाधान गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

अन्तरक्रियामा प्रदेशका स्थानीय तहमा काँग्रेसबाट विजयी प्रमुख, उपप्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button