धनगढीमा सुदूरपश्चिम महोत्सव २०८० आयोजना हुने
धनगढी । कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव २०८० आयोजना हुने भएको छ । यही मङ्सिर २२ गते देखी पुस २ गते सम्म धनगढीमा १७औँ संस्करणको सुदूरपश्चिम महोत्सव आयोजना हुन लागेको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको तयारी शुरु भएको बताउनु भयो । उहाँले मङ्सिर २२ देखि पुस २ गते सम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवका लागि विभिन्न समिति/उपसमिति गठन भई तयारी भइरहेको बताउनु भयो । महोत्सव सञ्चालनका लागि करिब २ करोड खर्च हुने अनुमान गरेको सङ्घले महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, व्यापार, कृषि, पर्यटन, कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ २०६३ साल देखि धनगढीमा महोत्सव आयोजना भइरहेको छ ।
महोत्सवमा स्थानीय खानपान, कृषि उपज, ब्यापार व्यवसाय, अटो मोवाईल्स, होटेल,सूचना प्रविधि लगायत गरि ४ सय स्टल रहने महोत्सवमा कृषि प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला, खानपानका परिकार, थारु गाउँ लगायत मुख्य आकर्षण रहने छन् । महोत्सव आयोजनाले अर्थतन्त्र चलायमान बनाउन थप टेवा पुग्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्