तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाह छिटो छरितो बनाउन मुख्यमन्त्री चौधरीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारका सचिवहरूलाई सेवा प्रवाहलाई छिटो छरितो गर्न निर्देशन दिनुभएको छ ।

बिहीबार मुख्यमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा मुख्यमन्त्री चौधरीले सचिवहरूलाई यस्तो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालय मातहतको कार्यालयहरूको सेवा प्रवाह प्रभावकारी बनाउन र छिटो छरितो बनाउन आवश्यक रहेको भन्दै सोही अनुसार गर्न निर्देशन दिनुभयो ।

मुख्यमन्त्री चौधरीले अनावश्यक योजनाहरू भन्दा पनि आवश्यक योजनाहरू कार्यान्वयनमा चासो दिन समेत आग्रह गर्नुभयो । उहाँले मन्त्रालयको लक्ष र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोही अनुसार काम गर्न समेत आग्रह गर्नुभयो । उहाँले त्यही अनुसार नीति बनाउन र स्रोत परिचालन गर्न समेत आग्रह गर्नुभयो । त्यसै गरे योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय समेत बढाउन निर्देशन दिनुभएको छ ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले मुख्यमन्त्री ज्यूको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्य सम्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले अबको समय पूर्णा रुपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुन आग्रह गर्नुभयो । सचिवहरूले मन्त्रालयले योजना र बजेट कार्यान्वयनका लागि नीति, विधिहरू बनिसकेकोले अब काममा लाग्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button