तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक: स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत गर्ने

काठमाडौँ ।  सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा स्वीटजरल्याण्ड सरकारले नेपाल सरकारलाई दिने करिब ६५ करोड अनुदान सहयोग स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले गृह मन्त्रालयको प्रस्तावमा सुनको अवैध तस्करी नियन्त्रण गर्न गठित जाँचबुझ आयोगमा प्राविधिकसहितका चारजना जनशक्ति थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button