चिनीमिलको प्रदूषणले जनस्वास्थ्यमाथि खेलबाड
नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनिमिलले प्रदूषण नियन्त्रणको मापदण्ड पालना नगर्दा स्थानीय जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भएको स्थानीयले गुनासो गरेका छन् ।
प्रदूषण नियन्त्रणका लागि स्थानीय स्तरबाट बर्सेनि दबाब दिईरहेपनी मिल सञ्चालकले वास्ता नगरेको स्थानीयको भनाई छ ।प्रत्येक बर्ष प्रदूषण नियन्त्रणको माग सहित सङ्घर्ष समिति गठन गरी विभिन्न खाले दबाबमूलक कार्यक्रम गरिँदै आएपनी समस्याको समाधान भने हुन सकेको छैन ।यस पटक पनि सुनवल वडा १,३,४ र ६ नम्बरका स्थानीयहरूको उपस्थितिमा युवराज ढकालको अध्यक्षतामा ३१ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ ।
प्रदूषण नियन्त्रणका लागि सुनवल नगरपालिकाले पटक पटक मिल सञ्चालक सँग वार्ता गरेपनी चिनी मिलले विभिन्न बहाना बनाउँदै आएको सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालले बताउनु भयो ।”मैले यस विषयमा पटक पटक उद्योग मन्त्रालयमा पनि जानकारी गराइसकेको छु स्थानीयको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको छ भनेर,हामी पनि गम्भीर भएर लागेका छौ नगरप्रमुख अर्यालले भन्नू भयो ।
गत बर्ष उद्योग र स्थानीयहरू बिच भएको ४ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने समेत स्थानीयहरूले बताएका छन् ।चिनिमिलका कारण बजार क्षेत्र दुर्गन्धित मात्र नभएर बजार क्षेत्रको सुन्दरतामा समेत असर गरेको स्थानीयको भनाई छ ।
यता कालो धुलो न्युनिकरण गर्नका लागी उद्योगले वाटरबक्स प्रविधि जडान गरेको, दुर्गन्ध न्युनिकरण गर्न वायोकम्पोष्ट मलको सुरु गरिसकेको र ल्याब टेस्टका लागी प्रयोगशाला पठाइएको लुम्बिनी चिनी मिलको दाबी छ ।








प्रतिक्रिया राख्नुहोस्