तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश सरकार मधेशलाई शिक्षा र स्वास्थ्यको हब बनाउन चाहन्छ’

जनकपुरधाम । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले मधेश प्रदेश सरकारले प्रदेशलाई शिक्षा तथा स्वास्थ्यको हबको रुपमा विकास गर्न खोजेको बताउनुभएको छ ।

नोर्थ साउथ कलेक्टीभ्सले आज जनकपुरधाममा आयोजना गरेको मधेश मानस मन्थन कार्यक्रममा उहाँले त्यसका लागि नै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि तथा प्राविधिक विश्व विद्यालयले स्थापना गरेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधामको विकासका लागि उपमहानगरपालिका लागिपरेको बताउँदै यसमा सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक डा. भोगेन्द्र झाले जनकपुरधामको विकास गर्दा ५० वर्षको कल्पना गरेर मात्र गर्नका लागि आग्रह गर्दै अहिलेको संरचनाले २५ वर्ष धान्न कठिन हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button