तपाईँ सुन्दै हुनुहुन्छः

मध्य तराइका बासिन्दा छठको तयारीमा व्यस्त

बीरगंज । मध्य तराइका पर्सा, बारा, रौतहट, सर्लाही लगायतका जिल्लामा छठ पर्वका लागि आवश्यक पर्ने सामग्रीको किनमेल गर्न स्थानीय बासिन्दा व्यस्त भएका छन् ।

छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, मुला किन्न अहिले सर्लाहीसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा मानिसको चहलपहल बढेको छ ।

लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । तराइका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भीड लागेको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिँगडा, मुला, अदुवाको बोट पर्दछन् ।

अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै चर्चित घडिअर्वा पोखरीस्थित छठ घाट भन्दा बढी झकिझकाउ र सजावट वीरगन्जको वडा नम्बर १२ मुर्ली पोखरी छठ घाटलाई बनाइएको छ । विगतमा मुख्यमन्त्री सौन्दर्यीकरण कार्यक्रम अन्तरगत प्रदेश सरकारले मुर्ली पोखरीलाई सौन्दर्यीकरण आवश्यक बजेटको विनियोजन समेत गरेको थियो । त्यसैगरी अहिले वीरगन्ज लगायत बारा, पर्सा रौतहटका विभिन्न छठ घाट सजाउने काम तीव्र रुपमा भइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button