तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प प्रभावितका लागि गोरखाका स्थानीय तहले १२ लाख प्रदान गर्ने

गोरखा । गोरखाका पालिकाहरूले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूका लागि आर्थिक सहयोग गर्ने भएका छन् ।

भूकम्प प्रभावितको पुनर्स्थापनामा सहयोग हुने गरि आर्थिक सहायता उपलब्ध गराउन लागिएको गोरखा नगरपालिका प्रमुख कृष्ण राना मगरले बताउनुभयो ।

जिल्लामा रहेका ११ वटा पालिका मध्य ९  वटा गाउँपालिकाबाट एक/एक लाख र दुई वटा नगरपालिकाबाट एक लाख पचास हजारका दरले तीन लाख गरी कूल १२ लाख उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले बताउनुभयो ।

जिल्ला समन्वय समितिले पालिकाहरूबाट रकम सङ्कलन गरी सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन कोषमा पठाउने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो ।

भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा भूकम्प प्रभावितका लागि सहयोग सङ्कलन र वितरण एकद्धार प्रणाली अन्तर्गत भइरहेकाले जिल्लाबाट पनि सोही अनुसार सहयोग रकम हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button